Shikhar Insurance
National Life

विद्युतीय भुक्तानी गरेकै आधारमा बिनाधितो कर्जा पाउने दिन आउनेछ : गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी गरेकै आधारमा ग्राहकलाई बिनाधितो कर्जा प्रवाह गर्ने दिने आउने उद्घोष नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले गरेका छन् । नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा ‘क्यूआर कोड’ भुक्तानी उद्घाटन गर्दै  उनले विद्युतीय कारोबारको विवरण हेरी सोही आधारमा बैंकहरुले ग्राहकलाई बिनाधितो कर्जा दिने व्यवस्था निकट भविष्यमा आउनै लागेको बताएका हुन् ।

विद्युतीय भुक्तानी गर्दा समय बचत हुने र सो समयमा थप कारोबार बढाएर आम्दानी बढाउन सकिने र भविष्यमा ‘क्यूआर कोड’ मार्फत गरिने भुक्तानीकै आधारमा बैंकले ग्राहकको हैसियत मुल्यांकन गरी बिना धितो कर्जा दिने उनको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘व्यक्तिदेखि व्यवसायीलाई नै विद्युतीय भुक्तानीले कयौं फाइदा पुग्छ, कयौं ठाँउमा हामीले ‘आर्टिफिसियल इन्टिलिजेन्स’ सुनिरहेका छौं । यो क्यूआरको कारोबार हेरेर एआईमार्फत् बैंकहरुले आफ्नो ग्राहकको हैसियत विवरण बनाउँदै जान्छन्,’ गभर्नर अधिकारीले भने, ‘बैंकबाट कर्जा लिनसक्ने हैसियत ग्राहकको हुन्छ तर क्षमता देखाउन सकिएको हुँदैन । तर, भोलिका दिनमा डिजिटल कारोबार गरेको कारणले यसैबाट हैसियत झल्केर बैंकले बिना धितो कर्जा दिन सक्छन् ।’

विद्युतीय भुक्तानी गरेको तथ्यांक मुल्यांकन गरेर बैंकले ग्राहकको आम्दानीको आधारमा बिनाधितो कर्जा दिन सक्ने उनको भनाइ थियो ।

विद्युतीयको माध्यमले बैंकिङ प्रणालीमा सबै जनतालाई जोड्ने केन्द्रीय बैंकको उद्देश्य रहेको बताउँदै अधिकारीले सो उद्देश्य पुरा गर्न मोबाइल प्रयोगकर्ता बढ्दा सहजता भएको उनले बताए ।

‘मोबाइल प्रयोगकर्ता बढेसँगै विद्युतीय भुक्तानीका लागि महत्वपुर्ण साधान बनेको छ । विद्युतीय भुक्तानीका फाइदा धेरै भएकाले गत वर्षदेखि नै हामीले धेरै महत्व दिएर अघि बढाइरहेका छौं,’ उनले भने ।

अब भाटभटेनीमा पनि क्यूआर कोड स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने

 

गत वर्षको पुस १० गते नक्साल तरकारी बजारबाट पहिलो पटक सरु भएको क्यूआर कोड भुक्तानी अभियानले नगद कारोबारलाई विस्थापित गर्दै लगेको उनको भनाइ छ ।

राष्ट्र बैंकबाट सञ्चालनको अनुमति पाएका १० वटा भुक्तानी सञ्चालक, २८ भुक्तानी प्रदायक संस्था र बैंकहरुको सहकार्यमा सरकार र राष्ट्र बैंकले लिएको ‘टिजिटल नेपाल’ को लक्ष्य पुरा हुँदै गएको उनले बताए ।

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा फोन पे र प्रभु बैंकको सहकार्यमा ‘क्यूआर कोड’ भुक्तानी सुरु गरिएको हो ।

कार्यक्रममा नगद कारोबार गर्दा भुक्तानी गरिने काउन्टरदेखि बैंकमा नगद जम्मा गर्न जानु पर्दा समय बढी खर्च हुनुका साथै पैसाको गुणस्तरका कारणले पनि भुक्तानीमा समस्या भइरहेको हुन्छ । सो कारणले उपलब्ध भएको स्थानमा विद्युतिय भुक्तानी गर्दा उल्लेखित सबै समस्या समाधान हुने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्