Shikhar Insurance
National Life

अब भाटभटेनीमा पनि क्यूआर कोड स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ११, बिहीबार १२:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । भाटभटेनी सुपरमार्केटमा पनि क्यूआर स्क्यान गरेर सामान खरिदको पैसा तिर्न मिल्ने भएको छ । यसअघि नगद वा कार्ड स्वाप गरेर खरिदको रकम तिर्न मिल्नेमा अबदेखि उपभोक्ताले मोबाइलबाटै तिर्न सक्ने भएका हुन् ।

भाटभटेनीमा कार्डमात्र चल्ने भएकाले पहिले निकै झन्झट थियो । बुधबार टंगालस्थित भाटभटेनीमा एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भाटभटेनीमा प्रभु बैंकको क्यूआर स्क्यान राखिएको छ । जसलाई इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एपबाट स्क्यान गरेर रकम तिर्न मिल्छ ।

क्यूआर कोड प्रबर्द्धन गरी नगदरहित कारोबारलाई देशव्यापी बनाउने योजनाको श्रेय गभर्नर अधिकारीलाई जान्छ । वर्षदिन अघि नक्सालको तरकारी बजारबाट सुरू भएको अभियानले ठूलो सफलता हासिल गरिसकेको छ ।

अधिकारीले भने यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिए । कार्यक्रममा उनले भने, “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार निकै कम भइसकेको छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”

कार्यक्रममा भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रबर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनले सुनाए । अहिले २० वटा आउटलेटबाट दैनिक ४० जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको गुरूङले सुनाए । जसअनुसार सदस्य ग्राहकले साधारण भुक्तानीभन्दा २५ प्रतिशत थप रिवार्ड प्वाइन्ट पाउँछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्