Skip to content
Shikhar Insurance
National Life

‘विश्वकै धनी एलन मस्कको मात्र २ प्रतिशत सम्पत्ति विश्वको भोकमरी अन्त्य गर्न पर्याप्त’

Hyundai
NCELL
NIMB

एजेन्सी । औंलामा गन्न सकिने विश्वका सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका छन्।

विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका छन्।

‘भोकमरीले ग्रस्त विश्वका करिब चार करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि सात खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौं भने तिनीहरुको मृत्यु हुन्छ,’ उनले भने।

टेस्लाका प्रमुख कार्यकारी एलन मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर (तीन सय ४७ खर्ब रुपैयाँ) रहेको ब्लुमवर्गले जनाएको छ। मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न बिस्लेले आग्रह गरेका हुन्। दक्षिण अफ्रिकामा जन्मिएका मस्क अमेरिकामा बस्दै आएका छन्।

कोभिड-१९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ। बिस्लेका अनुसार कोभिड-१९ र जलवायु परिवर्तनजस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन्। योसँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् दुई करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ। बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन्। रिपोर्टका अनुसार अफगानिस्तानका पाँच वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा रहेका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्