काठमाडौं । काठमाडौं । साताको दोस्रो कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियाली छाएको छ । सोमबार नेप्से ८७.६३ अंकले वृद्धि भएर २ हजार ६७२.२५ बिन्दुमा कारोबार बन्द भएको हो ।
दोहोरो अंकको वृद्धिमा कारोबारमा आएका सबै समूहको परिसूचकमा हरियाली छाएको छ । उक्त दिन बजारमा २ सय २९ कम्पनीको ८३ लाख ९५ हजार ८६४ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबारको आधारमा भने सोमबार महालक्ष्मी विकास बैंकले अग्रता लिएको छ बैंकको १६ करोड २५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो ।
यस्तै, सो दिन अपि पावर कम्पनीको १३ करोड ४५ रुपैयाँ, सिद्धार्थ बैंकको १३ करोड १३ लाख रुपैयाँ र नेशनल हाइड्रो पावर कम्पनीको १२ करोड २६ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।
सोमबार गुह्येश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् भने सबैभन्दा बढी साङ्ग्रिला डेभलपमेन्ट बैंकको डिबेञ्चर २०७८ का लगानीकर्ताले गुमाएका छन् ।
नेप्सेमा सुचिकृत १७ वटा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ । साथै, १० वटा कम्पनीको सेयर मूल्य ०.१९ प्रतिशतदेखि ४ प्रतिशतसम्मले घटेको छ ।
यसैगरी, सोमबार नेप्सेमा सुचिकृत १३ वटा समूह मध्ये सबैभन्दा बढी फाइनान्स समूह र सबैभन्दा थोरै व्यापार समूहको परिसूचक बढेको छ ।
प्रतिक्रिया दिनुहोस्