Shikhar Insurance
National Life

लगातार बढ्दैछ सुनको भाउ, प्रतितोला ९२ हजार ४ सय रूपैयाँ पुग्यो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ८, सोमबार १२:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ । छापावाल सुन आइतबार प्रतितोला ९२ हजार १ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदी मूल्यका आधारमा दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ९ सय छ । तेजाबी सुनको मूल्य आइतबार प्रतितोला ९१ हजार ६ सय तोकिएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रूपैयाँले बढेर एक हजार २६५ पुगेको छ । चाँदी आइतबार प्रतितोला एक हजार २६० मा कारोबार भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्