Skip to content
Shikhar Insurance
National Life

बमौसमी वर्षाले पश्चिम नेपालमा पुर्‍याएको क्षतिमा बेलायतको चासो, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा सघाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको जलवायु परिवर्तनका कारण आउने समस्यामा बेलायत सरकारले सहयोग गर्ने भएको छ । आइतबार अर्थ मन्त्रालयमा बेलायती राजदुत निकोला पोलिटले अर्थमन्त्री जनार्दन शर्मासँग समस्या समाधानका लागि सहयोग गर्न आफू सकारात्मक भएको बताएकी हुन् ।

मन्त्रालयमा अर्थमन्त्री शर्मा र नेपालका लागि राजदुत पोलिटबीच शिष्टाचार भेट भएको थियो । सो भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको थियो । जसमा विषेशगरी सुदुरपश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्‍याएको जनधन र पूर्वाधार क्षतिका सम्बन्धमा छलफल भएको हो ।

पुनस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधार को निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ । यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरुको ध्यानाकर्षण समेत गराए ।

भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (सीओपी २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE