Shikhar Insurance
National Life

‘मेरो जिम्मेवारी हैन’ भनेपछि सिके राउतका कार्यकर्ताले अर्धनग्न बनाएर सहर घुमाए

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १७:१७
Hyundai
NCELL
NIMB

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुर्व्यवहार गरेका छन् । कुशवाहालाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहाले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैबीच दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नारा जुलुस भइरहेको छ ।

May be an image of 9 people, people sitting, people standing and outdoors

GBIME

प्रतिक्रिया दिनुहोस्