Shikhar Insurance
National Life

दसैँ सकिए पनि सुनचाँदीको मूल्य बढेको बढ्यै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १२:००
Hyundai
NCELL
NIMB

काठमाडौं । दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन तोलामा एक सय रुपैयाँले वृद्धि भएर प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बिहीबार चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार दुई सय ६० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्