Shikhar Insurance
National Life

राष्ट्र बैंकको कैंचीमा अरु बैंकको ब्याजदर घट्दा नबिलको बढ्यो, कारण यस्तो !

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकहरुले निक्षेपको खोसातानी गर्न ब्याजदरमा उच्च प्रतिस्पर्धा गर्न थालेपछि ब्याजदरको सीमा तोकेको थियो । सोअनुसार बैंकहरुले ब्याजदर समायोजन गर्दा अधिकांश बैंकको घटेको छ ।

तर, नबिल बैंकले भने राष्ट्र बैंकको निर्देशन पालना गर्दै अघिल्लो पटक सार्वजनिक ब्याजदरमा थप गरेर सार्वजनिक गरेको छ । यसअघि भलादमी शैलीमा ब्याजदर सार्वजनिक गरेको बैंकले अरूले घटाइरहेका बेला आफूले बढाउने मौका पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । साथै, अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थप घट गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

सो निर्देशनको कार्यान्यवन गर्र्दै बैंकले ब्याजदर समायोजन गर्दा यसअघि सार्वजनिक कात्तिक महिनामा लागू हुने निक्षेपको ब्याजदरमा ०.१० प्रतिशत थप गरेको हो ।

बैंकले यसअघि कात्तिक महिनादेखि लागू हुने गरी निक्षेपमा अधिकतम ९.२६ प्रतिशत ब्याजदर घोषणा गरेको थियो । जसलाई ०.१० प्रतिशत थप गरी हाल निक्षेपमा अधिकतम ९.३६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले यसअघि घोषणा गरेको संस्थागत मुद्दतीको ९.२६ प्रतिशत ब्याजदरलाई घटाएर ८.३६ प्रतिशत कायम गरेको छ । साथै, यसअघि व्यक्तिगत मुद्दतीमा ८.७६ प्रतिशत ब्याज दिने घोषणा गरेकोमा ०.६० प्रतिशतले थप गरी ९.३६ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसैगरी बैंकले साधारण बचतमा समेत निक्षेपको स्प्रेड कायम गर्दै अधिकतम ६.३६ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्