Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकले सार्वजनिक गर्यो परिमार्जित ब्याजदर, व्यक्तिगत र संस्थागत निक्षेपमा अब कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २२:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंकले निक्षेपको परिमार्जित ब्याजदर सार्वजनिक गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन पश्चात ०.७३ प्रतिशतले ब्याजदर घटाएको हो ।

यसअघि बैंकले कात्तिक महिनामा लागू निक्षेपको अधिकतम ब्याजदर ९.८५ प्रतिशत दिने घोषणा गरेको थियो । तर केन्द्रीय बैंकले ब्याजदर तोकिएको सीमा ल्याउन निर्देशन दिएपछि हाल अधिकतम ९.१२ कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकद्वारा परिमार्जित निक्षेपको ब्याजदरअनुसार अब संस्थागत मुद्दतीमा बैंकले ८.१२ प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले सो खातामा ९.८५ प्रतिशत दिने घोषणा गरेको थियो ।

यस्तै, व्यक्तिगत मुद्दतीतर्फ समेते बैंकले ब्याजदर घटाएको छ । यसअघि ९.८० प्रतिशत ब्याज दिने भएको बैंकले अब संस्थागतको भन्दा १ प्रतिशतबढी ९.१२ प्रतिशत ब्याजदर दिने भएको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत राष्ट्र बैंकले तोकेको निक्षेपको स्प्रेडदर कायम गर्दै अधिकतम ५.५१ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् गरेको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्