Shikhar Insurance
National Life

कुमारी बैंकले ३ दिनमै घटायो निक्षेपको ब्याजदर, परिमार्जित ब्याजदर कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंकले तीन दिनमै ०.९५ प्रतिशतले निक्षेपको ब्याजदर घटाएको छ । बैंकले राष्ट्र बैंकको निर्देशन पालना गर्दै यसअघि सार्वजनिक निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले कात्तिक १ गतेदेखि लागू हुने गरी निक्षेपमा अधिकतम १०.३१ प्रतिशत दिने घोषणा गरेकोमा घटाएर ९.३६ कायम गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि बैंकले संस्थागत मुद्दतिमा १०.३१ प्रतिशत ब्याजदर दिने घोषणा गरेको थियो । तर, सोलाई समायोजन गर्दे बैंकले ८.३६ कायम गरेको छ । साथै, व्यक्तिगत मुद्दतिमा ९.८१ प्रतिशत ब्याज दिने भनेकोमा त्यसलाई बढाएर ९.३६ प्रतिशत कायम गरेको हो ।

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले व्यक्तिगत मुद्दतिको ब्याजदर भन्दा संस्थागतमा १ प्रतिशत बिन्दुले कम ब्याजदर कायम गर्नु पर्ने हुन्छ । साथै, अघिल्लो महिनामा कायम ब्याजदरमा १० प्रतिशत मात्र थप घट गर्न पाउने व्यवस्था केन्द्रीय बैंकले गरेको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत निक्षेपको स्प्रेड कायम गर्दै अधिकतम ६.८६ प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् घोषणा गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्