काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संवद्ध विद्यार्थी संगठन अनेरास्ववियूले आफ्ना तथा कार्यकर्तालाई बाढीपिडितको राहत तथा उद्दारमा जुट्न अनुरोध गरेको छ ।
अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एक विज्ञप्ति जारी गर्दै घाइते र वेपत्ताहरुको उद्धारमा तदारुकताका साथ लागि पर्न संघ, प्रदेश र स्थानीय तहका सरकारसँग माग गरेको हो भने नेता तथा कार्यकर्ताहरुलाई उद्दारमा खट्न आग्रह गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “बाढी पहिरो र डुबान प्रभावितहरुको तत्काल उद्दार, राहत र पुनस्थापनाका लागि ठोस कार्यक्रम अघि सार्न र डुबानका कारण धान लगायतका अन्नबालीमा क्षति पुगेका किसानलाई पनि तत्काल राहत प्याकेज उपलब्ध गराउन जोडदार माग गर्दछौं ।”
प्रतिक्रिया दिनुहोस्