Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस सेयर बढ्यो, अब कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १३:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्वघोषित लाभांश संशोधन गरिएको छ । बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गरेको हो ।

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले अब गत वर्षको नाफाबाट १२ दशमलव ६११ प्रतिशत बोनस सेयर र तीन दशमलव ३८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि बैंकले ११ दशमलव २४ प्रतिशत बोनस सेयर र चार दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब बैंकले दुई अर्ब पाँच करोड दुई लाख ११ हजार आठ सय २३ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ । ५५ करोड ९ लाख ६० हजार आठ सय ९७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

सञ्चालक समितिको बैठकबाट प्रस्तावित लाभांश राष्ट्र बैंकको अनुमोदन तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्