Shikhar Insurance
National Life

आफूले रोक्का गरेको केन्द्रीय बैंकको ९ अर्ब डलर अमेरिकाले तालिवानलाई नदिने

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार ०८:५०
Hyundai
NCELL
NIMB

एजेन्सी । अमेरिकाले अफगानिस्तानको केन्द्रीय बैंकको रोक्का गरेको रकम तत्काल फुकुवा नगर्ने संकेत देखाएको छ । खजना तथा भण्डारणसम्बन्धी अमेरिकी सहायकमन्त्री वाली एडीएमोले अमेरिकामा रोक्का भएको अफगानिस्तानको केन्द्रीय बैंकको रकममा तालिवानलाई पहुँच दिने बारेमा सरकारले तत्काल केही नसोचेको बताएका हुन् ।

‘तालिवानबिरुद्ध अमेरिकी प्रतिबन्ध अहिले पनि अपरिहार्य देखिन्छ । तर, अफगानी जनतालाई मानवीय सहयोगको पनि खाँचो छ । त्यसो भन्दैमा अमेरिकाले रोक्का गरेको रकम तत्काल फुकुवा हुँदैन्, ’ मन्त्री एडीएमोले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

देशबाहिर रहेको अफगानिस्तान केन्द्रीय बैंंकको ९ अर्ब डलरभन्दा बढी रकममा अमेरिकाले लगाएको रोक्का फुकुवा गर्न तालिवानले अमेरिकी सरकारसँग अनुरोध गर्दै आएको छ । देशमा आर्थिक संकट निम्तिएको भन्दै रोक्का गरिएको रकम तत्काल फुकुवा गर्न तालिवानले अनुरोध गरेको हो ।

अमेरिकी गठबन्धन सेना २० वर्षपछि काबुलबाट फर्किने निर्णय गरेसँगै तालिवानले १५ अगस्टमा अफगान सत्ता कब्जा गरेको थियो । अफगानिस्तानमा मानवीय संकट चुलिइरहेका बेला अफगान बैंकको रकम फुकुवा गर्न अमेरिकामाथि अन्तर्राष्ट्रिय समुदायको दबाब बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्