Shikhar Insurance
National Life

युवा परिषद, खेलकुद परिषद र स्वरोजगार कोषका प्रमुखहरु बर्खास्त, यस्ता छन् आरोप

सिंहदरबार संवाददाता
२०७८ कार्तिक १, सोमबार २०:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले राष्ट्रिय युवा परिषद, राष्ट्रिय खेलकुद परिषद र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका प्रमुखहरुलाई बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवाल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोक्कालाई देउवा सरकारले हटाउने निर्णय गरेको हो ।

यी तिनै जनालाई केपी ओली सरकारले नियुक्त गरेको थियो । उनीहरुमाथि कार्य सम्पादन सम्झौता अनुसार काम नगरेको, आर्थिक अपलचलन गरेको तथा आफ्ना क्षेत्रमा मात्रै कार्यक्रम थुपारेको आरोप लगाउँदै सरकारले स्पष्टीकरण सोधेको थियो । पहिलो चरणको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि सरकारले पुनः जवाफ माग्दा समेत गतिलो जवाफ नआएपछि बर्खास्त गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनीहरुलाई असोज १४ गतेको मन्त्रिपरिषद बैठकले ३ दिन भित्र स्पष्टीकरण पेश गर्न भनेको थियो । उनीहरुले असोज १८ गतेको मन्त्रिपरिषद बैठकमा स्पष्टिकरण पेश गरेका थिए । सो स्पष्टीकरणमा चित्त नबुझेपछि सरकारले सोही दिन पुनः स्पष्टीकरण मागेको थियो ।

सरकारको बिशेष अनुरोधमा महालेखा परिक्षकको कार्यालयबाट यी तीनै संस्थामा असोज ८ देखि ११ गतेसम्म लेखा सम्बन्धी जाँच गरेको थियो । सो जाँचका क्रममा ढुंगेल, सिलवाल र रोक्काले व्यापक मात्रामा आर्थिक अनुशासन उल्लंघन गरेको प्रारम्भिक तथ्य उजागर गरि महालेखाले सरकारलाई जानकारी गराएको थियो ।

ढुंगेलले एमाले भित्र पनि देशभरका ओली गुटका कार्यकर्तालाई समेट्ने गरि कार्यक्रम गरेका थिए । त्यस्तै सिलवालले पनि ओली गुटलाई प्रश्रय पुग्ने गरि कार्यक्रमहरु अघि सार्दै आएका थिए । सिलवाल माथि दक्षिण एसियाली खेलकुद प्रतियोगीता९साग० र राष्ट्रिय खेलकुदमा समेत आर्थिक अनियमिता गरेको आरोप लाग्दै आएको छ ।

खोटाङका डा. रोक्काले नियम मिचेरै दर्जनौं कार्यक्रम गृहजिल्लामा लगेका छन् । खोटाङका प्रतिनिधी सभा सदस्य विशाल भट्टराईलाई सहयोग पुग्ने गरि सैयौं कार्यकर्तालाई ऋण दिएको तर असुलीका लागि कुनै चासो नदेखाएको तथ्य फेला परेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्