Skip to content
Shikhar Insurance
National Life

१ वर्षभित्र ऋण तिर्न संचालक र सीइओलाई राष्ट्र बैंकको ताकेता

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संचालक, कार्यकारी अधिकृत तथा अन्य उच्च व्यवस्थापनले लिएको कर्जा एक वर्ष भित्र तिर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । पद वाहली हुनभन्दा पहिले लिएको कर्जा संचालक र सीइओ तथा उच्च व्यवस्थापनका अधिकारीलाई एक वर्षभित्र तिरिसक्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

केन्द्रीय बैंकले एकिकृत निर्देशन, २०७७ लाई संसोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै सो निर्देशन दिएको हो । जसमा भनिएको छ-‘संचालक, कार्यकारी प्रमुख तथा व्यवस्थापन तहको पदाधिकारी हुनुपूर्व लिएको कर्जाको हकमा भुक्तानी अवधि वा एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अबधि भित्र नियमित गरिसक्नुपर्नेछ ।’

फर्म, कम्पनी वा संस्थामा ५० प्रतिशतभन्दा बढी स्वामित्व भएमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी प्रमुख वा व्यवस्थापन तहको पदाधिकारीले कर्जा लिन पाउँदैनन् । यसअघिसम्म पद वाहली भन्दा अघिनै कर्जा लिएको भएमा त्यस्तो कर्जाको नविकारण उनीहरुले गर्न पाउँदैनन् थिए ।

अब भने राष्ट्र बैंकले पद वाहली भएको एक वर्ष वा कर्जा समाप्ती अवधि जुन अघि हुन्छ सो समयमा भुक्तानी गर्न निर्देशन दिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्