Shikhar Insurance
National Life

विदेश जानेलाई अनिवार्य डलर कार्ड, म्यानपावर व्यवसायीको डलरधन्दा रोक्न संसदले दियो यस्तो निर्देशन

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १८:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । विदेश जाने सबैलाई अनिवार्य रुपमा डलर कार्ड व्यवस्था आउने भएको छ । म्यानपावर व्यवसायीहरुको गैरकानुनी डलरधन्दा रोक्न  संसदीय समितिले नेपाल राष्ट्र बैंकलाई अनिवार्य डलर कार्डको व्यवस्था गर्न निर्देशन दिएको हो ।

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको असोज १० गते बसेको वैठकले यस्तो निर्देशन दिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

समितिका अनुसार म्यानपावर व्यवसायीहरुले वैदेशिक रोजगारीमा जाने कामदारको प्रयोग गरी विदेशी मुद्राको अपचलन गरेको पाइएको छ । असोज १० गते बसेको समितिको वैठकमा म्यानपावर कम्पनीहरुले भिजिट भिषामा नेपालबाट खाडी मुलुक लैजाने र त्यहाँ पुर्‍याएर पर्यटक भिषालाई कामदार भिषामा परिवर्तन गर्ने गरेको कुरा उठेको थियो । यस्तो प्रकारले विदेशिनेको संख्या पछिल्ला समय बढ्दो क्रममा छ ।

समितले भिजिट भिषामा जानेहरुको पछिल्लो ६ महिनाको बैंक स्टेटमेन्ट अध्ययन गरि हैसियत भएकाहरुलाई मात्र भिषा दिन अध्ययागमन विभागलाई निर्देशन दिएको छ भने यसरी भिजिट भिषामा विदेश जानेलाई विदेशी सटही सुविधा दिँदा डलर कार्ड वा त्यस्तै प्रकृतिको अन्य कार्डमार्फत मात्र उपलब्ध गराउन राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।

समितिले दिएको निर्देशन अनुसार राष्ट्र बैंकले विदेश जाँदा नेपालीले पाउने डलर सटहीलाई कार्ड मार्फत् उपलब्ध गराउने गृहकार्य थालेको छ ।

जसअुसार अबको केही समयपछि विदेश जाने नेपालीले १ सय अमेरिकी डलरमात्र ह्यान्ड क्यास पाउने छन् । अधिकतम सीमा रही सटही गरेको विदेशी मुद्रा भने डलर कार्डमार्फत् गइरहेको देशमै मात्र झिक्न मिल्ने गरी राष्ट्र बैंकले डलर कार्ड जारी गर्ने तयारी गरेको छ ।

हाल वैदेशिक रोजगारीमा जानेले प्रतिव्यक्ति अधिकतम २ सय अमेरिकी डलरसम्म र पर्यटन भिसामा जानेले अधिकता १५ सय अमेरिकी डलरसम्म सटही गर्न पाउँछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्