Shikhar Insurance
National Life

चोलेन्द्रको कोटामा मन्त्री बनेका हमालले राजीनामा दिने, इतिहासकै छोटो कार्यकालका मन्त्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार ०९:११
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेपेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने भएका छन् ।

मन्त्री हमालले आजै प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर राजीनामा बुझाउन लागेका हुन् । उनले आफु नेपाली काँग्रेसको कार्यकर्ताका रुपमा मन्त्री बनेको तर अनावश्यक आरोप खेप्नुपर्ने अवस्था आएपछि राजीनामाको गर्ने निचोडमा पुगेका पनि बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आफु ४५ वर्षदेखि काँग्रेस कार्यकर्ता रहेको पनि बताएका छन् । हमालले राजीनामा गरेमा उनी इतिहासकै छोटो अवधीको मन्त्ती बन्नेछन् । हमालले सपथ ग्रहण गरेको तीन दिन मात्रै भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्