Skip to content
Shikhar Insurance
National Life

बन्द भएका सरकारी उद्योग र संस्थानहरु पुनः चलाउँछौंः अर्थमन्त्री शर्मा

Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अब नेपालमा बन्द भएका सरकारी तथा निजी उद्योगहरु पुनः चलाउने बताएका छन् । नेकपा माओवादी केन्द्रको सिन्धुपाल्चोक–काठमाडौं सम्वर्क समन्वय समितिको कार्यक्रममा बोल्दै उनले बन्द भएका सरकारी उद्योग तथा संस्थानहरु पुनः सञ्चालनमा ल्याउने बताएका हुन् । अर्थमन्त्री शर्माले सरकार र निजी क्षेत्र दुबैले नयाँ उद्योग धन्दा खोलेर रोजगारी सृजना गर्ने वातावरण बनाउन पनि आफुले प्रयास गरिरहेको बताए । उनले राष्ट्रिय पुँजी निर्माण गर्ने गरी सरकारले नीति बनाएको जानकारी पनि दिए ।

सरकारले शहीद परिवारलाई मासिक वृत्ति, दीर्घ रोगीहरुलाई मासिक उपचार खर्च, राजनैतिक आन्दोलनका घाइतेहरुको निशुुल्क उपचारको व्यवस्था, महिला पहिला कार्यक्रम, युवा रोजगारी, दलित आवास निर्माण, पढ्दै कमाउदै, डिजिटल शिक्षालगायतका लोक कल्याणकारी कार्यक्रम ल्याएको र तिनको कार्यान्वयन समेत अघि बढिसकेको मन्त्री शर्माले जानकारी दिए ।

अर्थमन्त्री शर्माले अबदेखि पार्टी र जनसंगठनहरुका हरेक कमिटीहरु आर्थिक उत्पादन, रोजगारी र सामाजिक सांस्कृतिक रुपान्तरणको अभियानमा अनिवार्य रुपले जोडिनुपर्ने बताए । हरेक कमिटी र हरेक व्यक्ति आर्थिक रुपले आत्मनिर्भर भएपछि मात्र समाजवाद आउने भएकोले पार्टीको नेतृत्वमा समाजवादी आन्दोलन अघि बढाउन पनि उनले आग्रह गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्