Shikhar Insurance
National Life

कृत्रिम भनिएको विदेशी निक्षेप कुन बैंकमा कति ? सबैभन्दा बढी स्ट्याण्डर्ड चार्टर्ड र एनआईशीमा

दिलु कार्की
२०७८ आश्विन २२, शुक्रबार १४:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले कृत्रिम ठहर गरेको विदेशी मुद्राको निक्षेप ४ वटा वाणिज्य बैंकमा अर्बौंको परिमाणमा मौज्दात रहेको पाइएको छ । असोज १८ गतेसम्म स्ट्याण्डर्ड चार्टर्ड, एनआइसी एशिया, नबिल र हिमालयन बैंकमा १५ अर्ब रुपैयाँ बढी विदेशी मुद्रको निक्षेप मौज्दात रहेको तथ्यांक सिंहदरबारले प्राप्त गरेको छ ।

सबैभन्दा बढी क्रमशः स्ट्याण्डर्ड चार्टर्डमा १८ अर्ब ६८ करोड, एनआइसी एशियामा १८ अर्ब ३५ करोड, नबिलमा १६ अर्ब ९२ करोड र हिमालयन बैंकमा १५ अर्ब ४७ करोड रुपैयाँ विदेशी मुद्राको निक्षेप मौज्दात रहेको पाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले कोर क्यापिटलको ३० प्रतिशतसम्म विदेशी नितक्षेप संस्थामा राख्न पाउँछन् । तर, पछिल्लो समय बैंकहरुले विदेशी मुद्रालाई कृत्रिम निक्षेपमा देखाएको आशंका राष्ट्र बैंकले गरेको छ । बैंकहरुले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत कायम गरी व्यवसाय गर्न विदेशी मुद्राको कृत्रिम निक्षेप देखाएको शंका राष्ट्र बैंकको हो ।

जसमा सबैभन्दा बढी यस्तो कृतिम निक्षेप वाणिज्य बैंकहरुले देखाएर सीडी कायम गरेको ठहर केन्द्रीय बैंकले गरेको छ । सोही कारणले गत साता वाणिज्य बैंकहरुका प्रमुखलाई बोलाएरनै सो नगर्न समेत निर्देशन राष्ट्र बैंकले दिइसकेको छ ।

यो पनि पढ्नुहोस्ः

नियमनमा लुपहोल खोजी बैंकको कर्जा क्षमता बढाउने चलाखी, एउटै निक्षेप ४ बैंकले गणना गर्दै

कृत्रिम निक्षेपः विकृति रोक्न राष्ट्र बैंकले थाल्यो गृहकार्य, ब्याजदरदेखि बैंक नै तोक्ने तयारी

प्राप्त तथ्यांकअनुसार असोज १८ गतेसम्म वाणिज्य बैंकहरुसँग १ खर्ब ५१ अर्ब ३४ करोड १७ लाख रुपैयाँ विदेशी मुद्राको निक्षेप मौज्दात छ । गत भदौ १८ गतेसम्म वाणिज्य बैंकहरुमा यस्तो निक्षेप १ खर्ब १९ अर्ब ९१ करोड रुपैयाँमात्र थियो ।

यो यस्तो निक्षेप एक महिनामै बैंकहरुले २६.२१ प्रतिशत अर्थात् ३१ अर्ब ४३ करोड रुपैयाँले थप बढाएका हुन् ।

जबकी स्वदेशी मुद्रामा प्राप्त निक्षेप सो अवधिमा ०.३० प्रतिशत प्रतिशत अर्थात् १२ अर्ब ६३ करोड रुपैयाँले मात्र बढेको छ । गत भदौ १८ गतेसम्म वाणिज्य बैंकहरुसँग स्वदेशी मुद्राको निक्षेप ४० खर्ब ९ अर्ब ३३ करोड रुपैयाँ थियो ।

बैंकहरुले विदेशी मुद्रामा प्राप्त निक्षेपलाई अर्को बैंकमा निश्चित ब्याजदरमा मुद्दति निक्षेपमा राख्न पाउने सुविधा राष्ट्र बैंकले यसअघि नै दिएको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् लागू भएको सीडी रेसियोमा बैंकहरुले यस्तो विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था छ । सो अघिलागू सीसीडी रेसियोमा यस्तो निक्षेपलाई गणना गर्न पाइँदैन थियो । राष्ट्र बैंकले सीडी रेसियो ९० प्रतिशत कायम गर्न भनेपनि दर्जन बढी वाणिज्य बैंकको सीमाभन्दा माथि छ ।

सीडी रेसियोमा बैंकहरुले सीडी रेसियोमा स्वदेशी निक्षेप जारी ऋणपत्र, रिफाइनान्स र विदेशी मुद्रामा प्राप्त निक्षेपलाई समेत गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । सोही व्यवस्थाको लुपहोल खोज्दै एक बैंकले कुल निक्षेपमा गणना गरी अर्कोमा राखेको विदेशी मुद्रालाई समेत दोस्रो बैंकले समेत गणना गरी सीडी कायम गरेको राष्ट्र बैंकको शंका हो । वास्तविकता पत्ता लगाई विकृति रोक्न राष्ट्र बैंकले अध्ययन गरिहेको छ ।

कुन बैंकमा कति विदेशी मुद्राको निक्षेप ?

कृत्रिम भनिएको विदेशी मुद्राको निक्षेप असोज १८ गतेसम्म सबैभन्दा स्ट्याण्डर्ड चार्टर्ड बैंकमा छ भने सबैभन्दा थोरै राष्ट्रिय वाणिज्य बैंकमा छ । सो अवधिमा राष्ट्रिय वाणिज्य बैंकमा ३७ करोड ५७ लाख रुपैयाँमात्र विदेशी मुद्रा मौज्दात हुँदा स्ट्याण्डर्ड चार्टडमा १८ अर्ब ६८ करोड ७८ लाख रुपैयाँ छ ।

सो अवधिमा ४ वटा बैंकको १५ अर्ब रुपैयाँ बढी, ८ वटा बैंककमा ५ अर्बदेखि साढे ९ अर्ब रुपैयाँसम्म, ११ वटा बैंकमा १ र्अदेखि ५ अर्ब रुपैयाँसम्म र ४ वटा बैंकमा १ अर्ब रुपैयाँभन्दा कम विदेशी मुद्राको निक्षेप मौज्दात छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्