Shikhar Insurance
National Life

बुद्धभूमिको आईपीओ बाँडफाँड, तपाईंलाई पर्‍यो ? यसरी थाहा पाउनुस्

सिंहदरबार संवाददाता
२०७८ आश्विन २२, शुक्रबार १३:११
Hyundai
NCELL
NIMB

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा शुक्रबार सेयर बाँडफाँट भएको हो ।

कम्पनीको आईपीओमा कुल २० लाख ३० हजार नौ सय ५५ जनाले कुल दुई करोड ४४ लाख तीन सय ७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये भाग्यमानी ७४ हजार चार सयजनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात खाली छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१६ हजार ३३ जनाको आवेदन अस्वीकृत भएको क्यापिटलले जनाएको छ। बाँकी स्वीकृत भएका २० लाख १४ हजार ९ सय २२ जनामा गोलाप्रथाको माध्यमबाट सेयर बाँडफाँड गरिएको हो ।

आईपीओको नतीजा सिभिल क्यापिट मार्केट्सको वेबसाइट, मेरो सेयरको आईपीओ नतीजा पेज तथा मेरो सेयरमा हेर्न सकिन्छ ।

कम्पनीले ११ देखि १४ असोजसम्म सर्वसाधारणका लागि आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । यसमध्ये पाँच प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोष र दुई प्रतिशत अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको थियो । बाँकी सात लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने व्यवस्था थियो ।

बुद्धभूमिले नुवाकोट जिल्लामा चार दशमलव नौ सय ९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्