Shikhar Insurance
National Life

डीएचआईको रेफ्रिजरेटर र मिक्चर ग्राइन्डर बजारमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । डिजिटल होम इन्टरनेसनल (डीएचआई) ले दशैँ र तिहारको शुभ अवसरमा आफ्नो घरायसी सामानहरु अन्तर्गतको नयाँ रेफ्रिजरेटरको र मिक्चर ग्राइन्डर अनावरण गरेको छ । घरेलु उपकरणहरुमा गुणस्तरीय सामानहरुको लागी ग्राहकहरुको माग बढ्दो छ । आफूलाई डीटीएच सेटटप बक्सको सफल निर्माण र वितरणमा प्रमाणित गरिसकेको डीएचआईले ग्राहकहरुको यही चाहनालाई बुझेर उच्च गुणस्तरीय घरायसी सामानहरु बजारमा ल्याएको हो ।

अत्याधुनिक र नवीनतम प्रविधिमा निर्मित डीएचआईका रेफ्रिजरेटरहरुको उच्च गुणस्तर र भरपर्दो सेवाले ग्राहकहरुको जीवनशैलीमा विशेष प्रभाव पार्ने र सहजता ल्याउने बताइएको छ । हप्तौँसम्म खाना स्वच्छ र ताजा राख्जे डीएचआई रेफ्रिजरेटरको कम्प्रेसरको लागी दस बर्ष र अन्यका लागी एक बर्षको वारंटी रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै डीएचआई मिक्चर ग्राइन्डर एक स्मार्ट भान्साको उपकरण हो । यस चाडबाडको उत्सवमा डीएचआई मिक्चर ग्राइन्डरले ग्राहकहरुको जीवन सरल र सहज बनाइ खुशी बढाउने बताइएको छ । अत्याधुनिक प्रविधिमा निर्मित डीएचआईका मिक्चर ग्राइन्डर देशमै आफ्नो क्षेत्रको सबैभन्दा राम्रो हुने कम्पनीले दाबी गरेको छ । ग्राहकहरुले डीएचआईका मिक्चर ग्राइन्डरहरु विभिन्न रंगहरुमा चयन गर्न सक्नेछन् । त्यस्तै मिक्चर ग्राइन्डरहरु ५०० वाट र ७५० वाटको पावरमा उपलब्ध रहेका छन् ।

डीएचआई मिक्चर ग्राइन्डरको मोटरका लागी दुई बर्ष र अन्यका लागी एक वर्षको वारेन्टी रहेको छ ।

डीएचआईको देशभर फैलिएको सेवा नेटवर्कले ग्राहकहरुलाई उपकरणसम्बन्धी सेवा प्राप्त गर्न सहज बनाउने छ ।
डीएचआईको डिसहोम समूह, डीएचआई समूह, प्रभु समूह र स्यान्डमार्टिन समूह हंगकंगद्वारा प्रवद्र्घन गरिएको छ । यसका प्रवर्धकहरु आफ्नो क्षेत्रमा उत्कृष्ट गुणस्तर र सेवा वितरणका लागी परिचित छन् ।

डीएचआईका मुख्य कार्यकारी अधिकारी केशव पौडेल भन्छन्, “नयाँ उत्पादन दायराको यस मोडेलको लक्ष्य भनेको ग्राहकहरुलाई विभिन्न सुविधाहरु र क्षमताहरुसंग साक्षात्कार गराइ रेफ्रिजरेटर कती रोमाञ्चक हुनसक्छ भन्ने प्रदर्शन गर्नु हो ।”

 

GBIME

प्रतिक्रिया दिनुहोस्