Shikhar Insurance
National Life

विश्वमा इतिहासमा आजः अफगान युद्धदेखि नाजीबिरुद्ध जर्मन कैदीको विद्रोह

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार ११:१०
Hyundai
NCELL
NIMB

आज ७ अक्टोवर । विश्वमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटना विकसित भएका थिए । प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

अफगान युद्ध सुरु

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २००१ मा आजकै दिन अफगानिस्तानमा युद्ध सुरू भएको थियो । अमेरिकामा ११ सेप्टेम्बर हमलाका संदिग्ध ओसामा बिन लादेनलाई अफगान सरकारले अमेरिकासमक्ष सुम्पिन अस्वीकार गरेपछि अमेरिका र वेलायतको संयुक्त फौजले अफगानिस्तानमाथि आक्रमण सुरु गरेको थियो ।

चन्द्रमाको धेरै टाढाका तस्विर पहिलो पटक सार्वजनिक

सन् १९५९ सोभियत अन्तरिक्ष यान लुना ३ ले चन्द्रमाभन्दा धेरै टाढाको तस्विरहरू सार्वजनिक गरेको थियो । चन्द्रामाको अध्ययन र अनुसन्धानमा ती तस्विर महत्वपूर्ण सावित भएको अन्तरिक्ष यात्रीहरूले बताउँदै आएका छन् । चन्द्रमाभन्दा टाढा (अध्यारो क्षेत्र) को तस्विर पृथ्वीबाट देख्न सकिदैन् ।

नाजीबिरुद्ध जर्मन कैदीको विद्रोह

जर्मन कैदीले सन् १९४४ मा नाजीबिरुद्ध एउटा विद्रोह गरेका थिए । नाजीले अधिकांशलाई मृत्युदण्ड दिने थाहा पाएपछि उनीहरूले विद्रोह गरेका थिए । तत्काल दमन गरिएको सो विद्रोहमा ४५० जनाको मृत्यु भएको थियो ।

नेदरल्यान्डको पुरानो वायु सेवा

सन् १९९९नेदरल्यान्डको सरकारी वायु सेवा स्थापना भएको थियो । आफ्नो उही नाममा अहिलेसम्म पनि सञ्चालनमा आइरहेको यो विश्वकै पुरानो वायु सेवा हो । यसको पहिलो उडान सन् १९२० को १७ मेमा भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्