Shikhar Insurance
National Life

लाभांश घोषणामा ‘फस्ट’ बनेको माछापुच्छ्रे साधारणसभा बोलाउने पनि पहिलो बैंक

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । माछापुच्छ्रे बैंक लाभांश बाँड्ने दिन घोषणा गर्ने पनि पहिलो बैंक बनेको छ । यसअघि लाभांश घोषणा गर्ने पहिलो बैंक बनेको माछापुच्छ्रे वार्षिक साधारणसभा बोलाउने पनि पहिलो बैंक बनेको हो ।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न साधारणसभा (एजीएम) बोलाएको हो । बैंकको ४५२ औं सञ्चालक समिति वैठकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारणसभा बोलाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोभिड-१९ महामारीको जोखिमका कारण साधारणसभामा भिडियो कन्फ्रेन्समार्फत हुनेछ । सभामा सहभागी हुने सेयरधनीलाई जुम आईडी र पासकोड उपलब्ध गराउने व्यवस्था बैंकले गरेको जनाएको छ ।

सभाले बैंकको हाल कायम चुक्ता पुँजीको १३ दशमलव ३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव छ । गत आर्थिक वर्षको कमाईबाट बैंकले लाभांश खुवाउन लागेको हो । सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्रप्ति गर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालकहरूको नियुक्तिलगायतका विषयमा छलफल हुनेछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गर्ने भएको छ । यसअनुसार ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउनुका साथै लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्