Skip to content
Shikhar Insurance
National Life

मात्र २१ सय रुपैयाँ तिरे डिम्याट खाता र मेरोसेयर जीवनभर नवीकरण गर्नु नपर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । अबदेखि २१ सय रुपैयाँमै आजीवन डिम्याट खोल्न सकिने भएको छ । नेपालमै पहिलोपल्ट नबिल इन्भेस्टमेन्टले ल्याएको आजिवन डिम्याट खाताको दशैं अफरमा ९ सय रुपैयाँ छुट दिइएको हो ।

नबिल इन्भेस्टमेन्टले २०७७ पुुसमै ३ हजार रुपैयाँ तिर्नेलाई आजिवन डिम्याट खाताको व्यवस्था गरेको थियो । कम्पनीले दसैंको अवसरमा अर्थात् नवरात्रीको ९ दिनमा २१ सय रुपैयाँमै यस्तो सुविधा दिने भएको हो ।

नेपालमा रहेको विद्यमान व्यवस्था अनुसार सेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोले पछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो सेयरको खाता प्रत्येक वर्ष नवीकरण गराउनु पर्ने व्यवस्था छ । जसका कारणले कतिपय लगानीकर्ताहरु आफ्नो खाता रहेको विभिन्न संस्थाहरुमा धाउनु पर्छ । यसलाई मध्यनजर गर्दै कम्पनीले आफ्ना कायम हितग्राही खातावाला तथा नयाँ खाता खोल्न चाहने खातावाललाई यस्तो झन्झटबाट मुक्त गराउने उद्देश्यले नेपाल मै पहिलो पटक आजीवन डिम्याट खाताको व्यवस्था गरेको थियो ।

आजदेखि नवमीसम्म २१ सय रुपैयाँ तिरेर जीवनभर नवीकरणको झन्झटबाट मुक्त हुन सकिन्छ । यस्तो सुविधा विद्यमान खातावालाले पनि आफूले भुक्तानी गर्नुपर्ने नवीकरण वापतको बाँकी रकम भुक्तानी गरी प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्