Shikhar Insurance
National Life

लामो निराशापछि सेयर बजारमा हरियाली, कारोबार रकम भने ३ अर्बभन्दा कम

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १६:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका अनुसार नेप्से परिसूचक ४१ दशमलव ८४ अंकले बढेको हो । १.६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६१२.६५ अंकमा उक्लिएको छ । सेयर बजारमा मंगलबार सुधार देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो ।

कारोबारमा आएको १ सय ७२ कम्पनीको सेयर मूल्य बढेका छन् भने ११ वटाको घटेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार २२३ कम्पनीको ५८ लाख ४२ हजार एक सय ३५ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो । नेप्सेका अनुसार मंगलबार शिखर इन्स्योरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ । शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको हो ।

सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ । मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ । ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो । अरु बाँकी सबै समूहमा हरियाली छाएको छ ।

बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको सेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।

त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो ।

त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको सेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्