Shikhar Insurance
National Life

भन्सार छलेर ल्याइएको साढे सात लाखको सामान बरामद

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १६:११
Hyundai
NCELL
NIMB

बुटवल । भन्सार छलेर नेपाल भित्र्याउँदै गरिएको साढे सात लाख बराबरको अवैध सामान रुपन्देही प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र कार्यालय मातहत प्रहरी एकाइहरूले सात लाख ४६ हजार सात सय रुपैयाँबराबरको अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरी आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको रुपन्देही प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतबाट अवैध रूपमा भन्सार छली, चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेका सामान बरामद गरिएको डीएसपी थापाले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको टोलीले सम्मरीमाई-३, गुलरियाबाट युपी ५३०५५ युपी ५६ सी ४३४६ नम्बरको भारतीय दुईवटा मोटरसाइकलमा ल्याउँदै गरिएका विभिन्न किसिमका कपडा तथा मोटरसाइकल गरी दुई लाख ४७ हजार पाँच सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।

त्यस्तै मर्चवारी-७ मञ्जरीया चोकबाट दुई लाख ९० हजार पाँच सय रुपैयाँ बराबरको ११ वटा बोका गरी पाँच लाख ३८ हजार ५० बराबरको अवैध सामान प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बसडिलवाबाट जुत्ता ३४ जोर, बिभिन्न किसिमका लत्ता कपडाहरु, चियापत्ती १० प्याकेट, पापड २५ प्याकेट, बटर ११ केजी चिनी ५० केजी गरी एक लाख ७६ हजार ६ सय ५० रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले सिद्धार्थनगर-६ गल्लामण्डीबाट बा१४प ९५४१ नम्बरको मोटरसाइकलमा अवैध रूपमा ल्याउँदै गरेको दुई बोरा चिनी र २३ हजार बराबरको अन्य सामान बरामद गरेको छ । त्यसैगरी इलाका प्रहरी कार्यालय मझगाँवा मातहत प्रहरी चौकी हाटीवनगाईबाट खटिएको टोलीले मायादेवी-६ स्थित भन्सार चोकबाट दुई बोरा चिनी, एक बोरा सरफ गरी नाै हजार बराबरको अवैध सामान बरामद गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्