Shikhar Insurance
National Life

४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १३:३८
Hyundai
NCELL
NIMB

एजेन्सी । आगामी ४५ वर्षभित्र चीनको जनसंख्या आधा घट्ने अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनमा जन्मदरमा आएको गिरावटसँगै जनसंख्या पनि आधा घट्ने अनुमान गरिएको हो । हालै सम्पन्न जनगणनामा त्यहाँको जन्मदरमा अनुमान गरेभन्दा गिरावट आएको छ ।

जनगणनाअनुसार चिनियाँको जन्मदर १ दशमलव ३ प्रतिशतभन्दा तल झरेको छ । यसको अर्थ जीवनकालमा हरेक महिलाले औषतमा केवल १ दशमलब ३ सन्तान जन्माउँछन् । चीनको जनसंख्या स्थिर राख्न महिलाले औषतमा २ सन्तान जन्माउनु पर्ने विज्ञहरु बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चीनको अहिलेको जनसंख्या १ अर्ब ४० करोड छ । तर, जन्मदरमा अहिलेजस्तै गिरावट आउने हो भने सन् २०५५ मा त्यहाँको जनसंख्या आधा घट्नेछ ।

दशकौंदेखि चीनले जनसंख्या नियन्त्रणमा कडाइ गर्दै आएको थियो । तर, जसंख्या घटेसँगै जन्मदरमा केही खुकुलो नीति ल्याएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्