Skip to content
Shikhar Insurance
National Life

यी दुई कम्पनीले नगद लाभांशमात्र दिने, त्यो पनि ५ प्रतिशतमात्र

Hyundai
NCELL
NIMB

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष (२०७६/०७७) को नाफाबाट नगद लाभांश दिने भएको छ । कम्पनीको १८ असोजमा बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो आर्थिक वर्षसम्मको नाफाबाट करसहित कुल पाँच दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक बिमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सो लाभांश वितरण गरिनेछ।

यस्तै एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्तको १८ असोजमा बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार संस्थाले हाल कायम चुक्ता पुँजीको पाँच दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्