Shikhar Insurance
National Life

दसैं लागेसँगै महंगिन थाल्यो सुन, मंगलबार ५ सय रूपैयाँले बढ्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १२:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रूपैयाँले बढेर ९० हजार ३०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ३०० तोकिएको हो ।

छापावाल सुन सोमबार प्रतितोला रु ८९ हजारमा ८०० मा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै तेजाबी सुनको आजको कारोबार मूल्य प्रतितोला ८९ हजार ८५० रूपैयाँ कायम गरिएको छ जुन सोमबार प्रतितोला ८९ हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । सोमबार प्रतितोला एक हजार १६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६० अमेरिकी डलरमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्