Shikhar Insurance
National Life

अभियान लघुवित्तले आईपीओ जारी गर्ने, कात्तिक १३ गते साधारणसभा बोलाइयो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोक पनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती गर्ने विषयमा पनि छलफल हुनेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्