Shikhar Insurance
National Life

फुमिओ किशिदा जापानको नयाँ प्रधानमन्त्री

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार ११:२३
Hyundai
NCELL
NIMB

एजेन्सी । जापानको प्रधानमन्त्रीम फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित भएका थिए । पार्टीमा विजयी भएसँगै प्रधानमन्त्रीका लागि उनको बाटो खुलेको थियो ।

प्रधानमन्त्री निर्वाचित भएको एक वर्षपछि यसोहिदे सुगाले हालै पार्टी नेतृत्ववाट राजीनामा दिएका थिए । महामारीपछि जापानको अर्थतन्त्र पुनःस्थापना र उत्तर कोरियाको धम्कीलगायतका विषय अगामी दिनमा किशिदाका मुख्य चुनौती हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टोकियो ओलम्पिक आयोजना गर्ने निर्णयपछि पार्टीको गुमेको साख फिर्ता ल्याउन महत्वपूर्ण कार्य गर्ने उनले बताएका छन् । कोभिड महामारीबीच टोकियोमा ओलम्पिक आयोजना गर्ने निर्णयको देशभित्र र वाहिर सरकारको बिरोध हुँदै आएको थियो ।

आगामी नोभेम्वरमा हुने आमनिर्वाचनमा किशिदाले एलडीपीलाई विजयी बनाउनु पनि उनको अर्को चुनौती छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्