Shikhar Insurance
National Life

आरएसडीसी लघुवित्तले १० दशमलव ५२ प्रतिशत बोनस सेयर दिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १५:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले  २०७६-७७ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने छन् । लघुवित्तले सात करोड ३१ लाख ९५ हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ । यस्तै, ३८ लाख  ५२ हजार चार सय २० रुपैयाँ नगद बाँड्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अघिल्लो वर्ष यसले ९ प्रतिशत बोनस सेयर र ३ दशमलव ६३ प्रतिशत गरी कुल १२ दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्