Shikhar Insurance
National Life

बैंकिङ कसुर मुद्दामा १० लाख जरिवाना भएका व्यक्ति पक्राउ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार २२:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीले अदालतबाट १० लाख जरिवाना ठहर भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले १० लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ महानगरपालिका–६ का ६७ वर्षीय नारायणभक्त सङ्गतलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २७ को फैसलापछि पाँच दिन कैद र बिगोबमोजिम १० लाख जरिवानापछि फरार रहेका सङ्गतलाई काठमाडौँको सिफलबाट पक्राउ गरिएको जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पक्राउ परेका उनले आफ्नो सिटिजन बैंकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालत पाटनले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालत पेश गरिएको प्रवक्ता महतोले बताए ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्