Shikhar Insurance
National Life

माधव नेपालको छातीको सिटी स्क्यान गरियो, पीसीआर रिपोर्ट भने नेगेटिभ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार १८:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (समाजवादी एकीकृत)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको छातीको सिटी स्क्यान गरिएको छ । ज्वरो, वान्ता आउने, पेटको गडबढी र छातीमा समस्या भएपछि बुधबार त्रिवि शिक्ष अस्पातल भर्ना भएका उनको बिहीबार सिटी स्क्यान गरिएको अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले जानकारी दिए ।

उनका अनुसार शरीरको तापक्रम, रक्तचापको अवस्था भने सामान्य रहेको छ । अध्यक्ष नेपालको अहिले मौसमी भाइरल ज्वरोको उपचार भइरहेको अधिकारीले जानकारी दिए । उनका अनुसार अध्यक्ष नेपालको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्