Skip to content
Shikhar Insurance
National Life

एकदिनको सुधारले थेगेन सेयर बजार, नेप्से ३२ अंकले घट्दा कारोबार रकम ३ अर्ब ७० करोडमा सिमित

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर दुई हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा पुगेको छ । निरन्तर घटिरहेको बजार बुधबार भने ५०.५८ अंकले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको थियो । आज नेप्से एक दशमलव २२ प्रतिशतले घटेको हो ।

यस्तै, सेन्सेटिभ परिसूचक पनि ६ दशमलव ४१ अंकले घटेर ४९७ दशमलव ०५ विन्दुमा झरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कूल २२५ वटा कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा तीन अर्ब ७० करोड २९ हजार पाँच सय सात रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचक घटेको बजारमा कारोबार रकम तीन अर्बमा सीमित छ । सबैभन्दा बढी कारोबार नेपाल बैंक लिमिटेडको भएको छ । बैंकको १२ करोड ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका १३ उपसमूहमध्ये तीनवटा समूहको उपसूचांक बढेको छ । व्यापार, अन्य र म्युचुअल फन्ड उपसूचांकबाहेक बाँकी १० वटा समूहको सेयर उपसूचांक घटेको छ । व्यापार समूहको उपसूचांकमा तीन दशमलव ९२ अंकको सुधार भएको छ ।आज नेप्सेमा नेपाल फाइनान्स कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर पाँच सय २८ रुपैयाँ पुगेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर दुई हजार एक सय १९ रुपैयाँ ७० पैसा पुगेको छ ।

त्यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर २ सय ९५ रुपैयाँ ९० पैसा पुगेको छ । त्यसैगरी, आज सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स कम्पनीका लगानीकर्ता छन् । कम्पनी माइनस ४५ अंकले ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्