Shikhar Insurance
National Life

सनराइज बैंकको अगुवाईमा ३ वटा बैंकले लाङटाङ खोला जलविधुत आयोजनामा लगानी

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार २१:१३
Hyundai
NCELL
NIMB

काठमाडौं ।स्याफ्रुबेसी, रसुवामा रहेको “लाङटाङ खोला जलविधुत आयोजना” को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाईमा सिद्धार्थ बैंक तथा एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमद्वारा करीब ३ अर्ब लगानी गर्ने सम्झौता भएको छ ।

प्रवर्द्धक कम्पनी मल्टी इनर्जी डेभलपमेण्ट प्रा. लि र बैंक बीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको छ । यस कम्पनीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपालका अध्यक्ष समेत रहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२० मेगावाट क्षमताको यो आयोजनको लागत अनुमानित ३ अर्ब ६४ करोड रुपैयाँ अनुमान गरिएको छ । कम्पनीले यो आयोजनाको निमार्ण कार्य ठेकेदार परिचालन भएको ३० महिनाभित्र सम्पन्न गरी विधुत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । आयोजनाको निमार्ण पुरा भई उत्पादन हुने विद्युत चिलिमे हब सबस्टेशनमा लगेर जोडिनेछ । यो आयोजना लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्दछ ।

कम्पनीका अनुसार आयोजनाबाट वार्षिक १३३.३० गिगावाट घन्टा विधुत उत्पादन हुनेछ जसमा सुख्खायामको उत्पादन ३४.७ गिगावाट घन्टा र बर्खायामको उत्पादन ९८.६ गिगावाट घण्टा हुनेछ ।

पहिले यो आयोजना इपिसिएफ (इन्जिनियरिङ, प्रोक्योरमेण्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स) मोडलमा निर्माण गर्ने गरी चिनियाँ कम्पनीसँग सम्झौता भएको थियो । तर कोरोना महामारीका कारण चिनियाँ कम्पनीका प्राविधिक तथा कामदार नेपाल आउन नसकेपछि परियोजनाको पुनरावलोकन पश्चात् हाल बीओक्यु (बिल अफ क्वान्टिटी) मोडलमा परियोजनाको निर्माण नेपाली ठेकेदार मार्फत सम्पन्न गर्ने कम्पनीले लक्ष्य लिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्