Shikhar Insurance
National Life

असोज २१ सम्म कायम सेयरधनीले मात्र सिटिजन्सको लाभांश पाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार १०:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज २१ सम्म कायम सेयरधनीले मात्र सिटिजन्सको लाभांश पाउने भएका छन् । सिटिजन्स बैंकले लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोजको मिति तोकेसँगै सो मितिसम्म सेयर खरिद गर्ने लगानीकर्ताले प्रस्तावित लाभांश पाउने भएका हुन् ।

बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि असोज २२ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको हो । जसअनुसार असोज २१ गतेसम्म कायम हुने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका सेयरधनीलाई चुक्ता पुँजीको १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

6153f1f825479.jpg

GBIME

प्रतिक्रिया दिनुहोस्