Shikhar Insurance
National Life

गृहमन्त्री खाँडलाई अनेरास्ववियूको ज्ञापनपत्र, सवारीसाधनको भाडा घटाउन तथा विद्यार्थी छुट कार्यान्वयन गर्न माग

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार २१:४२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दलको विद्यार्थी संगठन अनेरास्ववियूले गृहमन्त्री बालकृष्ण खाँडलाई ज्ञापन पत्र बुझाएको छ ।

अध्यक्ष सुदेश पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जनतालाई चाडपर्वको बेलामा राहत दिने निर्णय गर्ने, सार्वजनिक सवारी साधनमा अघिल्लो सरकारले बढाएको २८ प्रतिशत भाडा घटाउन, विद्यार्थीलाई सार्वजनिक सवारी साधनमा ४५ प्रतिशत दिने व्यवस्थालाई निरन्तरता दिन, मूल्यवृद्धि रोक्न माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टोलीले गृहमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा जनताका आधारभूत विषयमा र अन्याय, अत्याचारका विरुद्धमा संघर्ष र बलिदान गर्न जस्तोसुकै अवस्थामा पनि तयार भएको उल्लेख छ ।

भेटमा उपमहासचिव अशोक थापाले अहिले बजारमा देखिएको कालोबजारी, खानेतेल, इन्धन, खाद्यवस्तुमा मूल्यवृद्धि, यातायातमा भएको भाडा वृद्धि र विद्यार्थीले पाउने छुट जस्ता विषयलाई सम्बोधन गरेर जनताको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको जिम्मा सरोकारवाला पक्ष र सरकारले लिनुपर्ने बताएका थिए । गृहमन्त्री खाँडले कडाईका साथ अनुगमन गर्ने र माग पुरा गर्न प्रतिबद्धता जनाएको उपमहासचिव थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्