Shikhar Insurance
National Life

नेप्से ५ महिनाकै तल्लो बिन्दुमा, अर्को पहिरो जाँदा एकैदिन १७३ कम्पनीको मूल्य घटे

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १८:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको ७० अंकको गिरावट आएसँगै परिसूचक ५ महिनायताकै तल्लो बिन्दुमा पुगेको हो ।

झण्डै तीन हजार ३०० को बिन्दु नजिक पुगेको नेप्से परिसूचक आजसम्म आइपुग्दा ओरालो लागेर २६१५.४० मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक ११.४२ अङ्कले घटेर ४९४.९१ मा ओर्लिएको छ । नप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि वैशाख २८ गते नेप्से २६१८ अंकमा कायम थियो ।

मंगलबार कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८२८ कित्ता सेयर पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रूपैयाँमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर ३६ खर्ब ६१ अर्ब चार करोड ९८ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ३६.०३, व्यापार ७९.३९, होटल तथा पर्यटन २४.३१, विकास बैंक १५४.४१, जलविद्युत् १३८.४५, वित्त १७५.५९, निर्जीवन बीमा ३२५.५६, उत्पादन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, जीवन बीमा ४३१.९१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.५२ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १८ करोड ८२ लाख २७ हजार २९६ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी १७ करोड ३८ लाख ४८ हजार ९८९, नेशनल हाइड्रोपावर १५ करोड ४८ लाख ७८ हजार ४५०, आइसिएफसी फाइनान्स १५ करोड ३७ लाख २७ हजार र एनआइसी एशिया बैंकको १४ करोड ५४ लाख ७१ हजार ११४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

घटेको बजारमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको सेयर मूल्य भने १० प्रतिशतले बढ्यो । मेघा बैंक १.९७, बोटलर्स नेपाल तराई १.४२ र सनराइज बैंकको ऋणपत्रका लगानीकर्ताले मात्रै १.३० प्रतिशतले कमाए ।

उता, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुर्खाज फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । जोशी हाइड्रोपावर ९.८८ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ९.८२ प्रतिशतले गुमाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्