Shikhar Insurance
National Life

कतारमा गोल्डस्टारको शोरुम खुल्दै

सिंहदरबार संवाददाता
२०७८ आश्विन १२, मंगलवार १२:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि सुरु हुने भएको छ ।

हाल कतार निवासी प्युठानका मधुसुधन केसिले कतारमा गोल्डस्टारको आउटलेट तयार गरेका छन् । आफ्नो भविष्य खोज्दै सन् २००७ मा कतारमा पुगेका प्युठानका केसीले आफ्नै व्यापार सुरु गरि व्यावसायीको रुपमा स्थापित हुन सफल भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वेदेशी उत्पादनलाई विदेशमा पनि चिनाउनु पर्छ भन्ने उद्देश्यका साथ केसीले गोल्डस्टारको आउटलेट कतारमा पुर्याएको केसीले बताए । कतारमा प्रख्यात एसिया टाउनको प्लाजा मलमा गोल्डस्टारको सोरुम रहेको छ ।

सोरुममा मात्र नभई अनलाइनको माध्यमबाट पनि गोल्डस्टार फुटवेयरको बिक्री गरिने उनले बताए । त्यस्तै कतारको बजारलाई मात्र लक्षित गर्दै ई-कमर्स साइट पनि छिट्टै सार्वजनिक गर्ने बताइएको छ ।

नेपालीहरूको बिचमा लोकप्रिय ब्रान्ड गोल्डस्टार कतारको लागि नेपालबाट अभिमन्यु शर्मा र थमन कुमार भण्डारीले कनसल्टिङको रुपमा काम गरिरहेको केसीले बताए । गोल्डस्टार मात्र नभई देशका अन्य स्वदेशी उत्पादनलाई पनि कतारमा परिचित गराउने आफ्नो इच्छा रहेको उनले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्