Shikhar Insurance
National Life

मोरङको रतुवामाई सोमबारेमा कृषि विकास बैंकको नयाँ शाखा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार २०:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकको नयाँ शाखा मोरङको रतुवामाईमा सञ्चालनमा आएको छ । रतुवामाई नगरपालिका वडा नं.१० नयाँबजारस्थित आफ्नै स्वामित्वको नवनिर्मित भवनवाट आफ्नो असोज १० गतेदेखि कारोबार शुरुवात गरेको हो ।

बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले रिबन काटेर नयाँ शाखाको उद्घाटन गरेका थिए । निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न बैंक तयार रहेको तथा बैंकवाट सुनदेखि नुनसम्म, हलोदेखि हाईड्रोसम्म लगानी भइरहेको बताए । उनले हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकाले सेवा लिन आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्