Shikhar Insurance
National Life

यी हुन् प्रदर्शनका लागि ठीक्क परेर बसेका बलिउड चलचित्र, मुम्बइमा हल खुलेपछि रिलिज हुने

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १५:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । आगामी ५ कात्तिकदेखि भारतको मुम्बईमा रहेका फिल्म हलहरू खुल्ने मुख्यमन्त्री उद्धव ठाकरेको कार्यालयले ट्विटमार्फत जानकारी दिएको छ।

हल खुलाउने निर्णयसँगै मुख्यमन्त्री कार्यालयले फिल्म हलमा अपनाउनुपर्ने कोभिड संक्रमणविरुद्धको मापदण्ड पनि सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। हल खुलाउने निर्णय भएसँगै बलिउडले यसलाई स्वागत गरेको छ । बलिउडका ठूला व्यानरले फिल्म हल खुल्ने निर्णय आएसँगै फिल्म रिलिज हर्ने सेड्युल सार्वजनिक गरेका छन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुम्बईका फिल्म हल नखुल्दा निर्माताले रिलिज तय गर्न सकेका थिएनन। यद्यपि, पछिल्लो निर्णयसँगै बलिउडकर्मी उत्साहित भएका छन्।

आइतबार मात्र बलिउडका प्रतीक्षित फिल्महरूले रिलिज घोषणा गरेका छन्। सूर्यवंशी, बन्टी और बब्ली २, पृथ्वीराज, जयश भाइ जोरदार र शम्शेरा, तडप, ८३ लगायत रिलिजको पर्खाइमा रहेका छन्। प्रतीक्षित फिल्ममध्येको एक ‘सूर्यवंशी’ले दीपावलीमा रिलिज गर्ने घोषणा गरेको छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार र कट्रिना कैफ मुख्य भूमिकामा छन् । यस्तै, यसमा अजय देवगण र रणवीर सिंहलाई पनि गेस्ट रोलमा देख्न पाइनेछ।

अक्षयकै ‘बच्चन पाण्डे’ ४ मार्च २०२२ र ‘राम सेतु’ सोही वर्ष दीपावलीमा प्रदर्शन हुनेछन्। ‘तडप’ ३ डिसेम्बरमा, रणवीर सिंहको मुख्य भूमिका रहेको ‘८३’ यस वर्षको क्रिसमसमा रिलिज हुने भएका छन्।

नायक टाइगर स्राफको मुख्य भूमिका रहेको ‘हिरोपन्ती’ ६ मे २०२२ मा र नायक अजय देवगणले निर्माण गरेको ‘मेडे’को पनि प्रदर्शन २९ अप्रिल २०२२ मा रिलिज हुने भएका छन्। यस्तै, शाहिद कपुरको ‘जर्सी’ यसै वर्षको ३१ डिसेम्बरमा, कार्तिक आर्यन, कियरा आडवाणी, तबुलगायतका कलाकारको ‘भुलभुलैया २’ २५ मार्च २०२२ मा रिलिज हुने भएका छन्।

यही वर्ष प्रदर्शन हुने घोषणा गरेको आमिर खानको बहुप्रतीक्षित फिल्म ‘लालसिंह चढ्ढा’ भने यस वर्षबाट सरेर अर्को वर्ष पुगेको छ । क्रिसमसमा आउने घोषणा गरेको यो फिल्म सन् २०२२ को भ्यालेन्टाइन डेमा आउने भएको छ।

आइतबार आमिर खान प्रोडक्सनले महामारीका कारण निर्धारित समयमा फिल्मको काम नसकिएको भन्दै प्रदर्शन मिति धकेलेको जनाएको छ । अद्वेत चन्दनले निर्देशन गरेको यस फिल्ममा आमिर खान र करिना कपुरको मुख्य भूमिका रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्