Shikhar Insurance
National Life

तीन सयले बढ्यो सुनको मूल्य

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार १४:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले बढेको छ । छापावाल सुन आइतबार प्रतितोला ८९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रूपैयाँ तोकिएको छ  । तेजाबी सुन आइतबार प्रतितोला ८८ हजार ५५० मा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महासङ्घका अनुसार चाँदीको मूल्य आइतबारका तुलनामा आज प्रतितोला १० रूपैयाँले बढेको छ । आइतबार प्रतितोला एक हजार १५० मा कारोबार भएको चाँदी  आज प्रतितोला एक हजार १६० रूपैयाँ तोकिएको हो ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७५९ दशमलव १४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्