Shikhar Insurance
National Life

जर्मनीमा उदायो समाजवादी सत्ता, बामपन्थीले जिते चुनाव

सिंहदरबार संवाददाता
२०७८ आश्विन ११, सोमबार ११:११
Hyundai
NCELL
NIMB

काठमाडौं । जर्मनीको आम निर्वाचनमा बामपन्थी पार्टीले जित हात पारेको छ । १६ वर्ष एकछत्र शासन गरेकी चान्सलर एञ्जेला मर्केलको पार्टीलाई हराउँदै सेन्टर लेफ्ट सोसियल डेमोक्र्याटिक पार्टी(एसपीडी)ले निर्वाचन जितेको हो ।

संघीय निर्वाचनमा समाजवादी बामपन्थीहरुको पार्टी एसपीडीले २५.७ प्रतिशत मत प्राप्त गरेर जित हासिल गर्दा सत्तारुढ दक्षिण पन्थीहरुको गठबन्धनले सीडीयुले २४.१ प्रतिशत मत मात्रै पाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

एसडीपीका नेता ओलाज स्कोल्जले चान्सलरका रुपमा जर्मनीको नेतृत्व गर्ने बताईएको छ । यद्यपी उनको पार्टीले गठबन्धन सरकार निर्माण गर्नेछ । युरोपकै ठूलो अर्थतन्त्र जर्मनी अब समाजवादीहरुको नेतृत्वमा पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्