Shikhar Insurance
National Life

पर्यटन दिवसः १० दिन भ्रमण बिदा र १ महिना फ्रि भिसाको व्यवस्था तत्काल कार्यान्वयन गर्न हानको माग

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १८:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । होटल संघ नेपाल (हान)ले १० दिन भ्रमण बिदा र १ महिना फ्रि भिसाको व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा हानले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि यी २ विषय तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।

सरकारले जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्था सम्बन्धी आदेश २०७८ को चाँडोभन्दा चाँडो कार्यान्वयन गर्न हानको माग छ । कतिपय द्विविधा भएका विषयहरुमा समेत थप स्पष्ट हुने गरी सरकारबाट घोषित १० दिने पर्यटन काज र अन्तर्राष्ट्रिय पर्यटकलाई एक महिनाको निःशुल्क प्रवेशाज्ञा जारी गर्ने व्यवस्था पनि अविलम्ब लागू गरी पर्यटन पुनरुत्थानको लागि सहजिकरण गर्न अनुरोध हानको छ । यसका लागि व्यवसायीको तर्फबाट पनि आ–आफ्नो तबरबाट सक्दो सहयोग हुने होटल संघ नेपालको प्रतिबद्धता छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मुुलुकमा अहिले पहिलो वा दोस्रो गरी करिब ४० प्रतिशत भन्दा माथि नेपाली नागरिकहरुले कोभिडविरुद्धको खोप लगाइसकेका छन् । यस्तो स्थितिमा हुँदा अन्तर्राष्ट्रिय जगतमा मुलुकलाई रेड जोनबाट हटाउन सरकारी तबरबाट यथाशक्य पहल गरिनु अति आवश्यक रहेको हानले औंल्याएको छ ।

हानले लामो समयसम्म थला परेको पर्यटन विशेष गरी होटल उद्योग हाल नेपाल सरकारबाट जारी भ्रमण आदेशमा निर्धारित खोपको मात्रा पूरा गरी आउने विदेशी पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउने, नाका खोल्ने, क्वारेन्टिन बस्नु नपर्ने जस्ता कार्यबाट हामी होटल व्यवसायी उत्साहित भएको बताएको छ । हानले सम्पूर्ण सेवाहरु बजारमा बढ्ने मागका आधारमा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त पनि गरेको छ ।

सरकारी सो व्यवस्थाबाट मुलुकमा पर्यटन सम्भावनाको ढोका खुलेको महसुस होटल व्यवसायीले गरेका छन् । विश्व पर्यटन दिवस २०२१ को अवसरमा सेवा सुविधा उपलब्ध गराउन हामी सम्पूर्ण पर्यटन व्यवसायी पर्यटनका लागि एक स्वर गरी अगाडि बढ्ने पनि प्रतिवद्धता हानले व्यक्त गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्