Shikhar Insurance
National Life

अर्थले बजेटमा भएको व्यवस्था कार्यान्वयन गर्न विधेयक बनाउने काम थाल्यो

'मेरुदण्ड पक्षघात भएकाको उपचार सरकारी भत्ताले पर्याप्त', मन्त्री शर्मालाई दिए धन्यवाद
सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार १८:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले बजेटमा समावेश भएका व्यवस्था कार्यान्वयन गर्न कार्यविधि बनाउने काम थालेको छ । अर्थमन्त्री शर्माले आजदेखि कार्यविधि बनाउने छलफल थालेको बताए ।

“आजदेखि बजेटमा व्यवस्था गरिएका विषयको कार्यविधि बनाउने बारे छलफल थालेका छौँ,” उनले भने, “अब एक/दुई दिनभित्रै सरोकारवाला निकाय र तपाईँहरूलाई समेत राखेर छलफल गरी कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजान्छौँ ।” मन्त्री शर्माले बजेट कार्यान्वयनका विषयमा ढुक्क हुन पनि आग्रह गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा सो कार्यान्वयन कसैले रोक्न नसक्ने मेरुदण्ड पक्षघात समूहसामू मन्त्री शर्माले बताए । सत्त अवसरमा मेरुदण्ड पक्षघात भएकाहरूले अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दियो ।

उनीहरूले आश्वासन दिँदै मन्त्री शर्माले कार्यविधि बनाएर कार्यान्वयनमा जाने भएकाले आगामी दिनमा यो सुविधा कसैले काट्न नसक्ने बताएका हुन् ।

भेटमा मन्त्री शर्माले सबै नागरिकको अभिभावक राज्य भएकाले दायित्व बोधका साथ मासिक उपचार खर्चको व्यवस्था बजेटमा गरिएको बताए । उनले केही दिनभित्रै सरोकारवाला निकाय तथा समूहसँग बसेर कार्यविधि बनाई तत्काल कार्यान्वयनमा लैजाने समेत आश्वासन दिए ।

मेरुदण्ड पक्षघात समूह नेपालका अध्यक्ष ऋषि ढकालका अनुसार हाल नेपालमा करिब पाँच हजार स्पाइनल कर्ड इन्ज्यूरी भएका व्यक्ति रहेका छन् । उनीहरूमा घाइते भएपछि मानसिक विक्षिप्तता आउने र समाजमा अर्को दर्जाको नजरले हेर्ने प्रचलन रहेको भन्दै अध्यक्ष ढकालले मासिक भत्ताले समाजमा पुनर्स्थापना हुन टेवा पुग्ने बताए ।

“इन्ज्यूरी भएपछि समाज र परिवारको बोझ भएँ भनेर मानसिक रूपमा कमजोर भएकाहरूलाई बलियो बनाउने काम भत्ताले गर्छ,” उनले भने, “हाम्रो सुझाव र मागलाई अर्थमन्त्रीज्यूले सम्बोधन गरिदिनुभयो, यसका लागि हाम्रो समूह र मुलुकभर रहनुभएका सम्पूर्ण स्पाइनल कर्ड इन्ज्यूरी भएकाहरूको तर्फबाट धन्यवाद छ ।”

भेटपछि कायान्वयनको पक्षमा आफूहरूको आशंका समेत हटेको बताउँदै अध्यक्ष ढकालले अर्थ मन्त्रीको आश्वासनले आफूहरू हर्षित र सुन्तुष्ट भएको बताए ।

स्पाइनल कर्ड इन्ज्यूरी भएको व्यक्तिले अवस्थाअनुसार नियमित उपचारमा फरक खर्च हुने समूहका महासचिव केशव थापाले बताए । उनका अनुसार पछिल्लो समय ४५० जनामा गरिएको अध्ययनले ५ देखि ८ हजारसम्म मासिक खर्च लाग्ने ५५ प्रतिशत रहेका छन् । बाँकी ४५ प्रतिशतलाई ५ हजारभन्दा कम लाग्ने अध्ययनले देखाएको छ ।

स्पाइनल इन्ज्यूरी भएको बिरामीलाई नियमित रूपमा बउल ब्लाडर, सीवाइसी पाइप, युरिन ब्यागलगायतका सामग्री अवस्थाअनुसार आवश्यक पर्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्