Skip to content
Shikhar Insurance
National Life

पुँजीगत खर्च र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषयमा एकदिने कार्यशाला गोष्ठी आयोजना

Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागले सरकारको पुँजीगत खर्च र नेपालमा प्रत्यक्ष वैदेशिक लगानी विषयमा एकदिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । विभागको आयोजना र बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफिन) तथा विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा गोष्ठी आयोजना गरिएको हो ।

गोष्ठीमा विभाग प्रमुख प्रा. डा. शिवराज अधिकारीले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी र सह–प्राध्यापक डा. रमेश पौडेलले सरकारको पुँजीगत खर्च विषयमा दुईवटा कार्यपत्र प्रस्तुत गरे । जसमा देशका वरिष्ठ अर्थविद्हरुले टिप्पणी गरेका थिए । उनीहरुले कार्यपत्रहरुले उठाएका विषयमा नेपाल सरकारले आफ्ना व्यवस्थामा चिन्तन गर्नुपर्ने बताए ।

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा थिए भने कार्यक्रममा अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द्र उप्रेती, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षहरु प्रा.डा. पुष्पराज कंडेल, प्रा.डा. विश्वम्भर प्याकुरेल, प्रा.डा. गोविन्दराज पोखरेल, वरिष्ठ अर्थशास्त्री प्रा.डा. पार्थिवेश्वर तिमिल्सिना, प्रा.डा. गोविन्द नेपाल पूर्व अर्थसचिव कृष्णहरी बास्कोटा, राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ, बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानलगायतको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्