Shikhar Insurance
National Life

साहस उर्जाको आईपीओ भर्ने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७८ आश्विन १०, आईतवार ०८:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । साहस ऊर्जा लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा ७० करोड बराबरको ७० लाख कित्ता प्राथमिक शेयर निष्काशन खुला गरेको थियो ।

निष्काशन गरिने प्रारम्भिक शेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले हाल सोलुखुम्बु जिल्लाका सोलुदूधकुण्ड नगरपालिका र थुलुङदूधकोशी गाउँपालिकामा कुल ८६ मेगावाट क्षमताको सोलुखोला (दूधकोशी_ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजनाको प्रतिमेगावाट लागत रु १३ करोड ७९ लाख हुने विवरण सार्वजनिक गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्