Shikhar Insurance
National Life

विद्रोहको तयारीमा एमालेका १० भाइ, माधव नेपालसँग सुरु भयो संवाद

सिंहदरबार संवाददाता
२०७८ आश्विन ९, शनिबार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । पार्टी एकताका नाममा माधव नेपाललाई छाडेर एमालेमै बसेका १० जना नेताहरु अन्ततः बिद्रोहको तयारीमा जुटेका छन् । ओलीले सबैलाई जिम्मेवारी बिहिन बनाउने, कर्नरमा पार्ने, पार्टी विभाजनको मतियार भन्ने लगायतका आरोप लगाउन थालेपछि उनीहरु बिद्रोहको मनस्थितिमा पुगेका हुन् ।

उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भिम रावल, उप महासचिव घनश्याम भुषाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अनुशासन आयोग अध्यक्ष अमृत बोहरा लगायतले अब एमालेमा आफुहरुको भविष्य नभएको निचोड निकालेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओलीले दिन दुई गुणा रात चार गुणा पेल्न थालेपछि उनीहरु माधव नेपालसँग सम्वादको तयारीमा छन् । उनीहरुको आन्तरिक छलफलमा ओलीसँग आएर गल्ति गरिएको निष्कर्ष पनि निकालेको श्रोत बताउँछ ।

जारी केन्द्रिय कमिटी बैठकमा पनि ओलीले १० भाई सम्वद्ध कुनै पनि नेतालाई टोली नेता चयन हुन दिएनन् । ओलीले षडयन्त्र पूर्वक आफुहरुलाई माधव नेपालसँग पनि जान नदिएको र एमालेमा पनि टिक्न नदिएको निष्कर्ष पनि उनीहरुले निकालिसकेका छन् ।

सुदुरपश्चिमका नेता भानुभक्त जोशीले पनि अब एमालेबाट बिद्रोहको सम्भावना बढेको एक अन्तरवार्तामा बताईसकेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्